काँग्रेस महासमिति बैठक मंसिर २८ बाट , गच्छदार बने उपसभापति

२०७५ कात्तिक २० मंगलवार
1.4K
shares
काठमाडौँ । मंसिर ५ देखि ९ गतेसम्मका लागि बोलाइएको नेपाली काँग्रेसको महासमिति बैठक तीन साता पछि सरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक मंसिर २८ देखि पुष ३ सम्म बस्नेगरी सारेको हो ।
मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि काँग्रेस नेता रमेश लेखकले समयअभावका कारण मंसिर ५ गतेबाट बोालइएको महासमिति बैठकपछि सार्नु परेको बताए । यसैगरी आजको बैठकले नेता विजय कुमार गच्छदारलाई काँग्रेस उपसभापतिमा चयन गरेको छ ।
आजको बैठकमा नेविसंघको अधिवेसनका बारेमा कुनै छलफल नभएको नेता लेखकले बताए ।
यसैबीच आजको बैठकले लेखा परीक्षण समिति गठन गरेको छ । समितिको संयोजकमा श्याम घिमिरे तोकिएका छन् ।

२०७५ कात्तिक २० मंगलवार