व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै छ : मुख्यमन्त्री पोखरेल

Nepal Life Insurance Long Ad

घोराही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताए ।

मुख्यमन्त्री पोख्रेलले नागरिकको आवाजलाई सरकार समक्ष पुर्‍याउने माध्यम पत्रकारिता भएकाले यसको दुरुपयोग हुनबाट रोक्नुपर्ने बताउँदै विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुने बताए । अबको समय विकास र समृद्धिको भएको भन्दै उनले पत्रकारिताप्रतिको अपराध राज्यविरुद्ध र लोकतन्त्रविरुद्धको अपराध हो, भने ।

फ्रिड्म फोरमले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले अहिलेसम्म नेपालमा ३६ जना पत्रकारको हत्या र चार जनाको अपहरण भएको बताए । राज्यले घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्यायको महसुस गराउन नसकेको उनले बताए ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी...