अमेरिकी मध्यावधी निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी निर्वाचित

7.25K
shares

वासिङ्टन डिसी। अमेरिकामा नोभेम्बर ६ मा भएको मध्यावधी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्। भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए। सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेट्समा निर्वाचित हुने व्यवस्था छ।

अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन भएको थियो। यो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ। निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारीले हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट लिड गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083