अनुहार मिल्दा १७ वर्ष जेल, मुक्तपछि १२ करोड क्षतीपूर्ती माग !
वि.सं.२०७५ कात्तिक २१ बुधवार १७:३५
shares

एजेन्सी । सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन–अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे । प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो ।
घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो । आफू निर्दोष भएको पटक–पटक गुहार गर्दा पनि उनको अपिलमाथि कुनै सुनुवाई भएन । गत वर्ष इनोसेन्स प्रोजेक्ट ट्र्याक्ड डाउनले वालमार्ट नजिकै बस्ने ठ्याक्कै उनीजस्तै देखिने रिक अमोसलाई सार्वजनिक गरेपछि मात्र उनलाई रिहा गरियो ।
जेलभित्र रहेका जोन्सका कैदी साथीहरुले उनी ठ्याक्कै अमोसजस्तै देखिने बताएपछि उनीबारे खोजी गरिएको थियो । पीडित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको हमला गरेको भनेर पुष्टि गर्न सकिनन् । जोन्स जेलभित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १.१ मिलियन डलरको क्षतीपूर्ती माग गर्दै कन्सास राज्यमा मुद्दा दर्ता गरेका छन् ।




















