एएफसी महिला ओलम्पिक छनोट फुटबल-आज नेपाल र म्यानमारको खेल्दै

5.63K
shares

काठमाडौं । सन् २०२० मा जापानमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा नेपालले आइतबार घरेलु टोली म्यानमारको सामना गर्दैछ। पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी भारतसँग १–१ गोलको बराबरी खेलेको नेपालले आइतबार घरेलु टोली म्यानमारसँग खेल्न लागेको हो। नेपाल र म्यानमारबीचको खेल यांगुनस्थित थुउन्ना स्टेडियममा हुनेछ।

समूह ‘सी’को अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपाल म्यानमारसँग अंक खोस्ने लक्ष्यसहित मैदान उत्रिँदै छ। दोस्रो चरणमा पुग्न नेपाललाई म्यानमारसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ। तर, घरेलु टोलीसँग अंक खोस्नु नेपालका लागि निकै कठिन देखिएको छ। पहिलो खेलमा बंगलादेशलाई ५–० गोलले पराजित गरेकाले नेपालको मुख्य चुनौती भनेको म्यानमारलाई कम्तीमा बराबरीमा रोक्नु हो। म्यानमारसँग पराजित भएमा दोस्रो चरण पुग्ने सम्भावना कठिन हुने भएकाले नेपालको लक्ष्य कम्तीमा बराबरीको नतिजा हुनेछ।

बलियो प्रतिद्वन्द्वी भारतलाई बराबरीमा रोकेकाले नेपाली टोली भने उत्साहित देखिएको छ। त्यसैले घरेलु टोलीलाई सके पराजित गर्ने नसके बराबरीमा रोक्ने नीतिअनुरूप नेपाली टोली आइतबार मैदान उत्रिँदै छ। यस खेलमा पराजित भएमा दोस्रो चरण पुग्न आफ्नो समूहको अन्तिम खेलसम्म कुर्नुपर्नेछ। नेपालले कात्तिक २७ गते समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083