ह्वात्तै घट्यो नेपाली बजारमा सुनचाँदीको मूल्य ?

6.93K
shares

काठमाडौँ । नेपाली बजारमा यो हप्ताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। गत हप्ता ६० हजार बढीमा कारोबार भएको सुनको मूल्य यो हप्ता एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५९ हजारमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो हप्ता चाँदीको मूल्य पनि घटेको छ। तिहार अघिसम्म ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो हप्ताको पहिलो दिन आज ७ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।


divya collage
unigloble collage