मङ्सिर २६ गते अगाडि परीक्षा गर्न नपाइने

5.37K
shares

हुम्ला । सर्खेगार्ड गाउँपालिकाको बैठकले विद्यालयको अन्तिम परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउन सबै विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

यसअघि उक्तगाउँपालिका भित्रका विद्यालयले मनोमानी किसिमले परीक्षा सञ्चालन गर्दै आएकामा आइतबार बसेको बैठकले त्यसमा एकरूपता ल्याउन सबै विद्यालयका कक्षा एकदेखि १०सम्मको परीक्षा आगामी मङ्सिर २६ गतेबाट सञ्चालन गराउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले बताए।

यसअघि सबै विद्यालयले वार्षिक परीक्षा आफुखुशी सञ्चालन गर्दै आएका थिए। उक्त गाउँपालिकामा मावि चार, निमावि पाँच, प्रावि १८ र बाल विकास केन्द्र २५ वटा छन्। हुम्लालगायतका केही हिमाली जिल्लामा फागुन १ गतेबाट शुरु भएको शैक्षिक सत्र पुस १५ मा सम्पन्न भएर ४५ दिन मिनपचास बिदा दिने व्यवस्था गरिएको छ।

साथै बैठकले डिभिजन वन कार्यालयको समन्वय र वडा कार्यालयको पत्रविना जडीबुटी तथा काठ सङ्कलन र रचिरानी गर्न नपाउने निर्णय पनि गरिएको प्रवक्ता शाहीले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083