बारामा एक युवकको शव फेला
वि.सं.२०७५ कात्तिक २७ मंगलवार १३:०८
5.62K
shares
shares

बारा । निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षीय विनोद खड्का मृत भेटिएका छन्।
उनी घरभन्दा २०० मिटर पूर्व रहेको प्रदीप खड्काको केराबारीमा मंगलबार बिहान मृत भेटिएका हुन्। प्रहरी टोली घटनास्थलमा पुगेर शवको प्रारम्भिक अनुसन्धान गरिरहेको छ। शवबाट दुर्गन्ध आइसकेको छ। चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको हुन सक्ने प्रहरीले जनाएको छ।
शवमा कुनै प्रकारको बाहिरी चोटपटक नदेखिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए। पढाइ छाडेका विनोद बेला–बेलामा घर छाडेर हिँड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयले बताएका छन्। उनका बुवा वैदेशिक रोजगारीमा छन्।































