मन्त्रीबाट बर्खास्तीमा परेका ‘दीर्घ सोडारी’ले दिए यस्तो प्रतिक्रिया

8.59K
shares

काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्तीमा परेका नेकपा नेता दीर्घ सोडारीले आफूलाई जानकारी नै नदिई मन्त्री पदबाट बर्खास्त गर्दा नराम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

‘आफूलाई बर्खास्त गर्न लागेको बारे जानकारी दिएको भए राजीनामा दिएर सहयोग नै गर्ने थिए’, सोडारीले भने, ‘तर जानकारी नै नदिई एक्कासि बर्खास्त गर्दा नराम्रो लाग्यो ।’ आफूलाई किन बर्खास्त गरियो भन्नेबारे आफूलाई केही पनि जानकारी नभएको सोडारीले बताए ।

मन्त्रीको जिम्मेवारी पनि पार्टीले दिएको र अहिले फिर्ता बोलाउँदा पनि पार्टीले नै निर्णय गरेकाले पार्टीको निर्णय आफूले मान्ने बताए । ‘पार्टीको निर्णय मैले मात्रै होइन, सबैले मान्नु पर्छ’, उनले भने, ‘अबको दिनमा पनि मैले पार्टीको हितका लागि नै काम गर्ने छु ।’

आफ्नो साधारण सदस्यता खोसिएको भनेर पत्रपत्रिकामा आएको खबरबारे भने कुनै जानकारी नभएको उनले बताए । आफूलाई नेताहरुले मन्त्रीको जिम्मेवारीबाट मात्रै हटाइएको जानकारी दिएको तर पार्टीको सदस्यबाटै हटाइएको भन्नेबारे भने कुनै जानकारी नभएको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083