सिन्डिकेट हटाउन सरकार सक्रियः गृहमन्त्री

6.1K
shares

म्याग्दी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको ‘सिन्डिकेट’ पनि हटाउन सरकार लागि परेको बताएका छन् । बुधबार म्याग्दीको कोरला यातायात प्रालिद्धारा संचालित यातायात सेवाको बेनीमा शुभारम्भ गर्दै उनले मुलुकको समृद्धि र आमनागरिकको आय–आर्जनमा सुधार ल्याउन यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायतको क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे।

गृहमन्त्री थापाले मुठ्ठीभरका व्यक्तिलेमात्रै हरेक क्षेत्र ओगटेकाले सबैलाई समान अवसर सिर्जना गर्न एकाधिकार तोड्न जरुरी रहेको स्पस्ट पारे । उनले सिन्डिकेट पूर्णरुपमा हट्नेमा ढुक्क हुन आग्रह समेत गरे ।


divya collage
unigloble collage