भारतमा बस दुर्घटना : १२ को मृत्यु, १३ घाइते

5.29K
shares

एजेन्सी । २०७५ भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ।

उक्त घटनामा बसमा यात्रारत अन्य १३ जना घाइते भएका बताइएको छ। घाइतमध्ये केहीलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ भने गम्भीर चोट लागेका केही जनालाई उपचारका लागि देहरादुन पठाइएको भारतीय अधिकारीले बताएका छन्। उत्तराखण्डको प्रान्तीय राजधानीबाट १०० किलोमिटर टाढा उत्तरकाँशी जिल्लाको ग्रामिण क्षेत्रमा दुर्घटना भएको बताइएको छ। जिल्लाको भित्री क्षेत्रमा चल्ने उक्त गाडी सार्बजनिक बस सडकबाट करिब १५० मिटर खोल्सामा खसेको थियो। स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनामा घाइते बनेका यात्रु र मृत शरीरलाई घटना भएको केही समयभित्र उद्धार गरिएको प्रहरीले जनाएको छ।

भारतमा सडक दुर्घटनाका कारण प्रति दिन औषत ४०० जनाको ज्यान जाने गरेको भारतीय अधिकारीहरूले बताए। दुर्घटनाको कारण कमजोर सडक संरचना, चालकको लापर्बाही, पूराना सवारी साधन र तीब्र गति नै हुने गरेको अधिकारीहरूको भनाइ रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083