नेवि संघको महाधिवेशन पछाडि सारिएकोमा महामन्त्री कोइराला असन्तुष्ट

5.58K
shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन दुई महिनापछि सार्ने पार्टी केन्द्रिय कार्य समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेको भन्दै पार्टी केन्द्रिय कार्य समितिको आईतबार बसेको बैठकको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनँले आफू नेविसंघको महाधिवेशनको मिति ६ महिना पछिसार्ने पक्षमा रहेको पनि स्पष्ट पारे। आईतबार साँझ बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना मात्रै थप गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो ।

तर, महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव छ भनि सभापति देउवालाई प्रश्न गरे । महामन्त्री कोइराला आइतबारको केन्द्रिय कार्य समिति बैठकमा उपस्थित भएका थिएन । फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने उनको प्रतिक्रिया थियो ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक अब सार्न नहुने धारणा पनि राखे । आगामी मंसीर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उनको अडान छ । महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083