बानियाँटारको जुवा खालमा प्रहरी छापा, ७ लाख नगदसहित १५ जुवाडे पक्राउ

5.63K
shares

काठमाडौं । राजधानीको बानियाँटारस्थित महेन्द्र मगरले आफ्नै घरमा सञ्चालन गरेको जुवा खालमा प्रहरीले छापा मारेको छ । सोमबार राती १० बजे प्रहरी इस्पेक्टर मोहनविक्रम केसीको कमाण्डमा गएको प्रहरी टोलीले उक्त जुवा खालबाट १५ जुवाडेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत महाराजगञ्जले जनाएको छ ।

प्रहरीले जुवा खालबाट ७ लाख १५ हजार नगद नेपाली रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रमुख ९डिएसपी० फणिन्द्र प्रसाईंले जानकारी दिए ।

जुवा खालबाट पक्राउ पर्नेहरुमा टोखा नगरपालिका–८ बस्ने जीवन थापामगर, रमेशबहादुर श्रेष्ठ, शंकर खत्री, टेकेन्द्र कार्की, रविन कार्की, युवराज अधिकारी, रञ्जन ढकाल, हरि जोशी, शिव प्रधान, अविक राई, चितवन स्थायी घर भएका रमेश भुजेल, महेश भुजेल, दिनेश लामा, मोरङका कुलबहादुर दाहाल र गोरखा स्थायी घर भएका सविन गुरुङ रहेका छन् ।

एक बुक तास र १६ थान कौडासहित पक्राउ परेका जुवाडेहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जुवा मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिने डिएसपी प्रसाईले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083