आजको राशिफल

6.08K
shares

काठमाडौं । वि.सं. २०७५ साल मंसिर ५ गते.बुधबार. इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख. नेपाल संवत् ११३९ कछलाथ्व.कार्तिक शुक्लपक्ष.

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। समय फुर्सदिलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। सामान्य आम्दानीले तत्कालको खाँचो भने टर्नेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ काम र आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ। सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ। काम देखाएर लाभ उठाउने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। विशेष जिम्मेवारी हात पार्ने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चुनौती देखिए पनि मेहनेत गर्दा फाइदा उठाउन सकिनेछ। तर सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिवेश उल्लासमय रहे पनि आफ्नो समय कमजोर देखिन्छ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ। बाध्यतासामु निरीह बन्नुपर्ला। परिस्थितिवश आफन्तजन टाढिन सक्छन्। दाम्पत्यमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहे पनि खर्च हुने डरले मन पिरोल्नेछ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा र्इर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। साझेदारीमा समस्या आउनुका साथै सम्बन्ध बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। परिवारमा आमाको माध्यमबाट लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। विभिन्न स्रोत(साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083