निर्मलालाई न्याय माग्दै सडकमा आएका अधिकारकर्मी गिरफ्तार

5.37K
shares

काठमाडौं । निर्मला पन्तलाई न्यायको माग गर्दै महिला अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । गत साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

उक्त घटना भएको चार महिना पुगिसकेको अवस्थामा पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

‘नेपालकी छोरी निर्मलालाई न्‍याय देऊ सरकार अनि जिससकी छोरीलाई चढाऊला फूलमाला’ प्लेकार्ड बोकेर बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरीले केही अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । साथै प्रदर्शनकारीहरुको प्लेकार्ड प्रहरीले खोसेको थियो।

यता, छोरीको न्यायको लागि धर्नामा बसेका निर्मलाका बाबु यज्ञराज विरामी भएपछि काठमाडौँस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083