राजपा सरकारमा जाने कुनै सोच छैन : संयोजक ‘महतो’

5.04K
shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।

राजपा संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको बताएका हुन् । बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै महताले सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने छिट्टै निर्णय लिइने बताए ।

महतोले आफूलाई संयोजक बनाएको विषयमा पार्टीमा कुनै विवाद नभएको दाबी गरे । तर, महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णयमा असहमति जनाएका अनिल झा नआएपछि शुक्रबार बोलाइएको बैठक समेत बस्न सकेन । अब महन्त ठाकुर भारतमा स्वास्थ्य उपचार गरेर फर्किएपछि मात्र बैठक बस्ने तय भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083