नदीजन्य पदार्थको चोरी तथा निकासीप्रति प्रदेशसभा सदस्यको चिन्ता

6.75K
shares

खस्यौली । प्रदेश नं ५ का विभिन्न नदी तथा खोलाबाट जथाभावी रुपमा नदीजन्य पदार्थको चोरी तथा निकासी हुन थालेकामा प्रदेशसभाका सदस्यले चिन्ता व्यक्त गरेका छन् । अर्थ, उद्योग तथा पर्यटन समितिको आइतवार बसेको बैठकले अवैध रुपमा भएको नदीजन्य पदार्थको चोरी तथा निकासीलाई नियन्त्रण गर्न आवश्यक भएको भन्दै नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ लाई संशोधन गरी लागू गर्न आग्रह गरेको छ ।

अर्थ, उद्योग तथा पर्यटन समितिका अध्यक्ष दधिराम न्यौपानेले नदीजन्य पदार्थ सबै ठाउँमा देखिएको उल्लेख गर्दै त्यसबाट सरकारलाई कति राजश्व आएको छ, भने । उनले यस वर्षको गत असोजदेखि नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ लागू हुने भनिएप नि कार्यविधि पूर्ण नभएकाले लागू नभएको उल्लेख गर्दै सबै ठाउँको सडक सडकमा नदीजन्य पदार्थ आएको बताए ।

सभापति न्यौपानेले सो सम्बन्धमा प्रदेश नं ५ का अर्थ, उद्योग तथा पर्यटनमन्त्रीलाई बैठकमा आमन्त्रण गरेर विस्तृत छलफल हुने जानकारी दिए । समितिका सदस्य तुल्सी चौधरीले स्थानीय तहका लागि नदीजन्य पदार्थ केही खुकुलो बनाए पनि ठेकेदारका लागि नदीजन्य पदार्थ ढुवानी तथा निकासीमा कडाइ गर्नुपर्नेमा जोड दिँदै प्रदेशसभा मातहतको अनुगमन समिति आवश्यक भएको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083