१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ
वि.सं.२०७५ मंसिर १८ मंगलवार ११:००
6.24K
shares
shares

काठमाडौँ । विभिन्न आस्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीको धर्मपथमा कार्यालय रहेको उक्त सहकारी गोयलले श्रीमतीलाई अध्यक्ष बनाएर संञ्चालन गर्दै आएका थिए । बचतकर्ताले रकम झिक्न जाँदा विभिन्न बहाना बनाएर रकम नदिएपछि बचतकर्ताले प्रहरीमा खबर गरेका थिए ।
































