इन्डोनेसियामा पृथकतावादीको आक्रमण : ३१ मजदुरको मृत्यु
वि.सं.२०७५ मंसिर १८ मंगलवार १७:०३
shares

एजेन्सी । इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादीहरुले पुल निर्माणास्थलमा आक्रमण गर्दा त्यहाँ कार्यरत ३१ मजदुरको मृत्यु भएको छ। उक्त क्षेत्र इन्डोनेसियाको अशान्त भइरहने क्षेत्रमध्ये एक हो।
सुरक्षाकर्मीहरुले मृत्यु भएका मजदुरको शव निकाल्ने प्रयास गरिरहेको जनाएको छ। सरकारी स्वामित्व रहेको पुल बनाइरहेका मजदुरहरुमाथि पृथकतावादी समूहका बन्दुकधारी लडाकुले आक्रमण गरेका थिए। नदुगा जिल्लाको दुर्गम पहाडी गाउँमा गराइएको उक्त आक्रमणमा २४ जनाको मृत्यु भएको जनाइएको छ।
अन्य सात कामदारको स्थानीय सांसदको घरमा लुकेको अवस्थामा सशस्त्र समूहले हत्या गरेको जनाइएको छ। एक जना भने त्यहाँबाट भाग्न सफल भएका थिए। उनी हाल वेपत्ता छन्। यस्तै त्यही क्षेत्रमा पृथक्तावादीहरुले सैन्य क्याम्पमा आक्रमण गरेको र एक सैन्य अधिकारीको हत्या गरेको जनाएको छ। सो आक्रमणमा केही सैनिक घाइते भएको सेनाले जनाएको छ।
हाललार्इ पुल निर्माणको कार्य बन्द भएको छ। सुरक्षाको प्रत्याभूति पछि निर्माण कार्य सुरु गरिने जनाइएको छ।
पृथकतावादीहरुले उनीहरुलार्इ विदेशी भन्दै हत्या गरेको जनाइएको छ। केही समय अघि इन्डोनेसियामा आप्रवासीका रुपमा आएका केही ट्याक्सी डाइभरको पनि पृथकमतावादीहरुले हत्या गरेका थिए। पपुवा क्षेत्रमा खासगी जाभाबाट बसार्इ सरेर आएका मानिसहरुको बाक्लो उपस्थिति रहेको छ। सशस्त्र समूहको आक्रमणमा उनीहरु नै धेरै पर्ने गरेका छन्।































