सरकारले कर्मचारीलाई तलव समेत नखुवाएको भन्दै गाउँपालिका महासंघको असन्तुष्टि

5.16K
shares

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालले सरकारले स्थानीय तहको कर्मचारीलाई तलव खुवाउने व्यवस्थासमेत नगरेको भन्दै असन्तुष्टि जनाएको छ। गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहका कर्मचारीलाई अझै तलव खुवाउने व्यवस्था समेत गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त व्यक्त गरेका हुन्। उनले स्थानीय तहलाई तत्काल आवश्यक स्रोत, साधनको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

सरकारले निर्णय, कार्यान्वयन, अनुगमन र बजेटको उचित व्यवस्था नगर्दा स्थानीय तहको काम प्रभावकारी हुन नसकेको अध्यक्ष श्रेष्ठको दावी छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले संघीय ऐनहरुले संविधानको भावनालाई आत्मसात गर्न नसकेको आरोप पनि लगाए।

अध्यक्ष श्रेष्ठले सरकारको तह अनुसार विकास आयोजनाको तह निर्धारण गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ।विकास आयोजनाको कामलाई छिटो सम्पन्न गराउन पनि संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै विकास आयोजनाको तह निर्धारण गर्नुपर्ने महासंघको भनाई छ।