विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गरिने

5.43K
shares

काठमाडौं। सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिए।

चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिमा चिनियाँ सहयोग वृद्धि गर्न त्यहाँ अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु सक्षम हुने विश्वास पनि व्यक्त गरे। मन्त्री पोखरेलले नेपालको समृद्धिमा चीनको सहयोग अझै वृद्धि भएर जाने अपेक्षा पनि गरे।

उनले चीनमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीहरुलाई आफूले लिएका ज्ञानको सदुपयोग गरेर मुलुकको समृद्धिको अभियानमा योगदान दिन पनि आह्वान गरे। मन्त्री पोखरेलले राष्ट्रको आवश्यक्तालाई धान्ने गरी शैक्षिक जनशक्ति निर्माण गर्ने कार्यमा सरकार केन्द्रित रहेको दावी समेत गरे। त्यस अवसरमा उहाँले चीनलाई दुःखको बेला साथ दिने मित्र राष्ट्रको रुपमा पनि चित्रण गरे।


divya collage
unigloble collage