भ्रष्टाचार मुद्दामा पूर्वआईजीपी ‘बोहरा’लाई सर्वोच्चबाट सफाइ
वि.सं.२०७५ मंसिर २० बिहीवार १७:११
6.24K
shares
shares

काठमाडौं । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सफाइ पाएका छन् ।
बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।
विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए ।











