सरकारका प्रवक्ताको प्रश्न– गिरिजाबाबुले सम्मान लिँदा शान्तिका दूत, ओलीले लिँदा अपराधी ?

4.84K
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल बहुजातीय बहुधार्मिक देश भएकोले धार्मिक कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनु स्वभाविक भएको बताएका छन् । मन्त्रालयमा आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले धार्मिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीलाई अपराधी जस्तो व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरे ।

सोही सम्मान पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिँदा कुनै आपत्ति नजाइएपनि अहिले विरोध भइरहेको भन्दै आक्रोश पोखे । ‘त्यही अनर लिँदा गिरिजाबाबुलाई शान्तिका दूत भेटियो भनियो ओलीले लिँदा अपराधी जस्तो व्यवहार किन ?’ सञ्चारमन्त्री बाँस्कोटाले भने । उक्त कार्यक्रममा पाकिस्तानका पूर्व प्रधानमन्त्री पनि उपस्थित भएको भन्दै त्यस्तो कार्यक्रममा प्रधानमन्त्री जाँदा सरकार त्यहाँ भेटिएको बताए ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीले प्रस्तुत गरेको भिजन भन्नुस् मिसनको पछि नलाग्नुस् भन्दै उनले भने,‘ सम्मेलनमा प्रधानमन्त्रीले के बोल्नु भएको थियो ? हाम्रो सभ्यता पूर्वीय दर्शन, हाम्रो शान्ती प्रकृयाबारे प्रधानमन्त्रीले भाषण दिनु भएको छ । एसिया प्यासिफिक समिटका क्रममा प्रधानमन्त्री केपी ओलीलाई लिडरसिप सम्मानका क्रममा एक लाख डलर नगदसहित सम्मानित गरिएको थियो । धार्मिक संस्थाको कार्यक्रममा गएर सम्मान ग्रहण गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको समयमा सरकारका प्रवक्ता बाँस्कोटाले देशको प्रधानमन्त्री कुनै धर्मप्रति घृणा फैलाउने पात्र बन्न नसक्ने बताएका हुन् ।

‘घेरा साँघुरिदैछ, अपराधी उम्कन पाउँदैन’

प्रवक्ता बाँस्कोटाले निर्मला हत्या प्रकरणबारे न्याय नभेटिएको पोष्टर सार्वजनिक भइरहेको प्रति कटाक्ष गर्दै भने ‘पोस्टर छाप्न मन लाग्नेले लोकतन्त्रमा पोस्टर छाप्न पाइन्छ । कयौं यस्ता घटनामा सरकारले सफलता पाएको भएपनि केही घटना अपवाद बन्न गएको बताए ।

निर्मला हत्या प्रकरणमा सरकारले छानविनमा नै शक्ति र सामथ्र्य लगाइरहेको उनले बताए । ‘हामीले संकल्प गरिरहेका छौं, समय लागे पनि हामी अपराधी समाउँछौं ’ बाँस्कोटाले भने ।

कुनै अपराधीहरु नै पत्ता नलागेको जस्तो गरेर प्रचार भइरहेको भन्दै उनले प्रश्न गरे ,‘सरकारको रुची, इच्छामा अपराध भएको होइन नी ? बाँस्कोटाले निर्मला प्रकरणमा अपराधी ल्याएर ठेगान लगाएपछि सरकार भेटिएको देखिने बताए । ‘घेरा साँघुरिदैछ, अपराधी उम्कन पाउँदैन’ बाँस्कोटाले भने ।