ज्ञानेन्द्रका अर्थमन्त्री रुप ज्योतिलाई नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी

6.59K
shares

काठमाडौं । नेपालको पुरानो व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले रुप ज्योतिलाई पक्राउ गर्न पूर्जी जारी गरेको हो । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका भनिएका रुप ज्योति (कंसकार)ले एउटा व्यक्तिबाट जग्गाको मूल्य लिएर अर्कैलाई बेचेको भेटिएपछि प्रहरीले उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो ।

काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भनेर ल्याण्डमार्क डेभलपर्स प्रा।लि।मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेपछि रुप ज्योतिविरुद्ध प्रहरीममा उजुरी परेको थियो । काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रा.लि.लाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले मल्लको उजुरीमाथि छानबिन गर्ने क्रममा उनलाई दिने भनिएको जग्गा रुप ज्योतिकै सक्रियतामा अर्कै कम्पनीलाई बिक्री गरेको पाइएको छ । प्रहरी स्रोतका अनुसार रुप ज्योतिले क्वालिटी डेभलपर्स प्रा।लि। नामको कम्पनी खडा गरेर मल्ललाई बिक्री गरेको जग्गा हडप्ने योजना बनाएका थिए ।

‘अहिलेसम्मको अवस्था हेर्दा रुप ज्योतिले विभिन्न कम्पनी खडा गरेर जग्गा हडप्ने योजना बनाएको देखिन्छ,’ रुप ज्योतिविरुद्धको उजुरीमाथि छानबिन गरिरहेका काठमाडौं प्रहरीका अधिकारीले लोकान्तरसँग भने, ‘जग्गा बिक्री गर्ने भनेर एउटा व्यक्तिबाट पैसा लिएर उक्त जग्गा अर्को कम्पनीका नाममा नामसारी गर्नुको उद्देश्य नै ठगी गर्ने देखिन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083