मानव श्रमलाई मेसिनसँग तुलना गर्न मिल्दैन – मन्त्री विष्ट
वि.सं.२०७५ मंसिर २४ सोमवार १२:३९
shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विभिन्न देशको साझेदारीका माध्यमबाट आप्रवासी श्रमिकहरूले पाउने रोजगाको गुणस्तर वृद्धि गर्न सकिने बताएका छन् । आप्रवासी कामदारका समस्या समाधान गर्न मोरक्कोको माराकेसमा आयोजना गरिएको जीसीएम (ग्लोबल कम्प्याक्ट फर माइग्रेसन) महासभामा बोल्दै विष्टले विश्वमा श्रमिक आपूर्ति गर्ने देशहरूबीच साझेदारी हुनुपर्ने बताएका हुन् ।
मानव श्रमलाई मेसिनसँग तुलना गर्न नहुने भन्दै विष्टले आफ्नो सम्बोधनका क्रममा मानव श्रमको गरिमा संसारमै अमूल्य भएको बताए । विष्ट कोलम्बो प्रोसेसका १२ देशहरूको नेतृत्व गर्दै मोरक्कोमा आयोजना हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जिसिएम सम्मेलनमा सहभागी हुन मंसिर २१ गते साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मोरक्कोको माराकेसमा यही मंसिर २४ र २५ गते हुने उक्त सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाएका छन् ।




























