‘बलात्कारी र भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउँछु’ : मूख्यमन्त्री राउत

6.05K
shares

काठमाण्डौँ । प्रदेश दुईका मूख्यमन्त्री लालबाबु राउतले तराई–मधेशमा अराजक गतिविधि गरेको भन्दै सिके राउतलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।

राउतले मधेशी जनता राष्ट्रवादी भएको भन्दै सिके राउत चाँही राष्ट्रघाती भएको जिकिर गरे । सिके राउतको राजनीति आफूहरुलाई मन नपरेको राउतले बताए । राउतले आफू नेतृत्वको २ नम्बर प्रदेश सरकारले अब बलात्कारी र भ्रष्टाचारीलाई फाँसी र मृत्युदण्ड दिने घोषणा गरेका छन् ।

केन्द्र सरकारले पनि बलात्कारीलाई फाँसी दिने घोषणा नगरेको अवस्थामा मुख्यमन्त्री राउत केन्द्रिय सरकारभन्दा पनि एक कदम माथि उठेर यस्तो सनसनीपूर्ण घोषणा गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083