‘टेक अर पे’मा विद्युत खरिद सम्झौता गर्ने उर्जा मन्त्रालयको निर्णय

7.16K
shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा प्रवर्द्धकसँग विद्युत खरिद सम्झौता गर्दा ‘टेक अर पे’ मा गर्ने निर्णय गरेको छ। उर्जामन्त्री मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले मंगलबार यस्तो निर्णय गरेको हो।

वैशाख २५ गते ऊर्जा मन्त्री पुनले जारी गरेको श्वेतपत्रको आधारमा १० वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो निर्णय गरिएको मन्त्रालय स्रोतहरूले जनाएका छन्। आर्थिक वर्ष २०८४र८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सरकारले ५ हजार २ सय ५० मेगावाटसम्म ‘रन अफ रिभर’ प्रकृतिका आयोजनाको ‘टेक अर पे’मा विद्युत खरिद सम्झौता निर्णय गरेको हो।

नेपाल विद्युत प्राधिकरणमा बसेको बोर्ड बैठकले यसअघि प्राधिकरणले ‘टेक एण्ड पे’मा गरेको सम्झौतालाई पनि संशोधन गर्न निर्देशन दिएको छ। बैठकले ४ हजार ५ सय मेगावाटसम्मका ‘पिकिङ रन अफ रिभर’ प्रकृतिका आयोजनाको विद्युत खरिद सम्झौता ‘टेक अर पे’मा पनि बैठकले प्राधिकरणलाई निर्देशन दिएको छ।

निजी ऊर्जा प्रवद्र्धकले लामो समयदेखि ‘टेक अर पे’मा विद्युत खरिद सम्झौता गर्न माग गर्दै आएका थिए। यो मोडलमा सम्झौता गर्दा प्राधिकरणलाई कुनै घाटा भए त्यसको शोध भर्नाको लागि सरकारसँग माग गर्ने स्वीकृति पनि बैठकले दिएको छ। ‘टेक अर पे’मा सम्झौताको प्रावधानले निजी ऊर्जा प्रवर्धकलार्इ विद्युत आयोजना निर्माणका लागि सहजै ऋण प्राप्त हुनेछ। १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल हुने मन्त्रालयको विश्वास छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083