लोक सेवा आयोगको अधिकृत स्तरको पाठ्यक्रम परिमार्जन

6.72K
shares

काठमाडौं । लोक सेवा आयोगको पाठ्यक्रम र परीक्षा योजना परिमार्जन गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृतस्तर) को पाठ्यक्रम र परीक्षा योजना परिमार्जन गरेको हो । न्याय सेवातर्फ शाखा अधिकृतको प्रथम चरणको परीक्षा अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण हटाइएको छ । यससँगै अब प्रथम चरणको परीक्षा न्याय सेवालाई नहुने भएको हो ।

कानुन विषयमा स्नातक उतिर्ण आवेदकहरूको सङ्ख्या थोरै सङ्ख्यामा मात्रै हुने देखिएकोले प्रथम चरणको परीक्षा पाठ्यक्रमबाटै हटाइएको आयोगले जनाएको छ । यससंगै द्वितीय, तृतीय र चतुर्थ पत्रलाई पहिलो, दोस्रो र तेस्रो पत्र बनाएर परीक्षा योजना परिमार्जन गरिएको आयोगका उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

त्यसैगरी एकीकृत परीक्षा हुने शाखा अधिकृतका अन्य अप्राविधिक सेवाहरूको लागि प्रथम चरणको परीक्षा यथावत् राखिएको छ । तर ऐच्छिक विषय रहेको चौथो पत्र हाललाई हटाइएको छ । भोलि बुधवार हुने विज्ञापनमध्ये राजपत्रांकित तृतीय श्रेणीको लेखा परीक्षण र व्यवस्थापिका संसद्का लागि माथि उल्लेख गरिएअनुशारसको परिमार्जित पाठ्यक्रम आयोगको वेबसाइटमा सार्वजनिक भइसकेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083