दाङमा बिहेको गाडी दुर्घटना : बेहुलाका बाबु-आमासहित ६ जनाको मृत्यु

4.69K
shares

काठमाडौं। दाङको लमहीमा बस र जिप ठोक्किदा ६ जनाएको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ९ स्थित बगाबाबा महेन्द्रराजमार्गमा बस र जिप ठोक्किदा उनीहरुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवलबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र विपरित दिशातर्फबाट आउँदै गरेको बा ५ ख ४०९० नम्बरको बस ठोक्किदा अन्य दुई जना घाईते भएका छन्।

मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान प्रजशिव भण्डारीले जानकारी दिए।

उनले बताएअनुसार उक्त स्कारपियो बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको थियो। जसमा बेहुलाका बाबुआमासहित ८ जना सवार थिए। सवारमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी जवान भण्डारीले बताए। मृत्यु हुनेमा बेहुलाका बाबु–आमा पनि रेहको उनले जानकारी दिए। बेहुलाका बाबु–आमा माबहादुर केसी र विमला खत्री हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083