नेपालीसँग नक्कली बिहे गरेको भन्दै अमेरिकन युवतीलाई ५ वर्ष जेल

5.51K
shares

काठमाडौं । अमेरिकामा एक नेपालीसँग नक्कली बिहे गरेकी एक महिलालाई ५ वर्षको जेल सजाय तोकिएको छ । अमेरिकाको मेन राज्यस्थित ह्याम्पदेन सहरमा बस्दै आएकी २८ वर्षीय मरिना मुशेरोलाई अमेरिकी अदालतले पाँच वर्षको जेल सजाय र २ लाख ५० हजार डलर जरिरवाना सुनाएको हो । मेनस्थित जिल्ला अदालतले आर्थिक प्रलोभनका लागि नक्कली बिहे गरेर अमेरिकी अध्यागमन कानुनको उल्लङ्घन गरेको ठहर गर्दै सो सजाय सुनाएको हो।

सरकारी अधिवक्ताले जारी गरेको विज्ञप्ती

सरकारी अधिवक्ता हल्से फ्रयांकद्धारा जारी विज्ञप्तिमा मरिना मुसेरोले आर्थिक रकमका लागि आफू बिहे गर्न तयार भएको जानकारीसहित अनलाइनमा एक विज्ञापन दिएकी थिइन् । जस अनुसार, गत जुन १३ गते एक नेपाली युवकले इच्छा देखाएका थिए। विज्ञप्तिमा ती युवकको नाम खुलाइएको छैन।

अमेरिकी ग्रिन कार्ड पाउने आशाका साथ नेपाली युवकले गत जुन २५ गते मुसेरोसँग मैन राज्यको ब्रिवर सहरमा बिहे गरेका थिए । मुशेरोसँग अदालतमा बिहे गरे पनि ती युवक भने अर्कै राज्यमा बस्दै आएका थिए । पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी पक्राउ परेकी थिईन्


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083