अब सुदूरपश्चिमका ६ पहाडी जिल्लामा गर्भवतीलाई हवाई सेवा
वि.सं.२०७५ मंसिर २८ शुक्रवार १५:४३
shares

कैलाली । अब सुदूरपश्चिमका ६ पहाडी जिल्लामा ज्यान जोखिममा रहेका गर्भवतीलाई हवाई सेवा उपलब्ध हुने भएको छ । समयमै उपचार नपाएर गर्भवती महिलाहरुको ज्यान थालेको घटना बेला बेला सार्वजनिक भईरहँदा केन्द्र सरकारले हवाई सेवा उपलब्ध गराउने भएको हो ।
संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा बाहेकका अन्य ६ पहाडी जिल्लाका गर्भवती तथा सुत्केरी हुँदा स्वास्थ्य समस्या सिर्जना भइ ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरि तोकिएको अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम ल्याएको हो। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्लाका महिलालाई यस्तो सुविधा उपलब्ध गराउने भएको हो।
सुदूरपश्चिम प्रदेश सरकारले भने ९ वटै जिल्लामा जटिल प्रसुती, जटिल दुर्घटना र शर्पदंशका विरामीलाई हवाई सेवा दिने भन्दै चालु आर्थिक वर्ष २०७५र०७६ मा थप एक रकोड बजेट विनियोजन गरेको छ। लामो प्रशव बेथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्त अल्पता भएका महिलालाई हवाई सेवा उपलब्ध हुनेछ ।































