काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, मनाङमा माइनस ६ डिग्री

5.86K
shares

काठमाडौँ । काठमाडौंमा सोमबार बिहान अत्याधिक चिसो महशुस भएको छ । बिहान ५ बजे मापन गरिएको काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यस वर्षकै सबै भन्दा कम हो ।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो । जुम्लाको तापक्रम पनि वर्षकै न्यून मापन गरिएको छ। जुम्लाको सोमबार मापन गरिएको तापक्रम विवरण अनुसार माइनस ६ दशमलव ४ डिग्री छ। त्यसैगरी जिरीको तापक्रम माइनस ३, जोमसोमको शून्य र काठमाडौंको ३ डिग्री सेल्सियस मापन गरिएको छ।

तराईमा हुस्सु लाग्‍न सुरु भएको छ भने हिमाली जिल्लामा हिउ पर्नुका साथै पानी जम्‍न थालेको छ। हिमाल पारीका जिल्ला मनाङमा रात र बिहानमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन प्रभावित बनेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083