बाँकेलाई देशकै नमूना जिल्ला बनाउँछु : मन्त्री राई
वि.सं.२०७५ पुस ३ मंगलवार १२:१५
4.62K
shares
shares

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज उपमहानगरपालिका र बाँके जिल्लालाई देशकै नमूना बनाउने अभियानमा आफू रहेको बताएका छन् ।
नेपालगञ्ज–१३ उदयपुरस्थित स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले एक वर्षभित्रै नेपालगञ्ज र बाँके जिल्लाले विकासमा फड्को मार्ने बताए।
“वर्तमान सरकारले मुलुकको विकास र नागरिकको समृद्धि चाहेको छ, काम गर्ने क्रममा सरकारका सदस्यबाट स—साना गल्ती हुन सक्छन्, त्यसैलाई अखाडा बनाएर राजनीतिक खिचातानी गर्नु हुँदैन” उनले भने ।






























