पूर्वप्रधानमन्त्री गिरीको आज पशुपतिमा अन्त्यष्टि गरिँदै

4.43K
shares

काठमाडौं । मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको आज अन्त्यष्टि गरिदै छ ।पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिन लागेको हो । त्यसअघि दुई बजेसम्म उनको शव बूढानीलकण्ठस्थित निवासमै राखिने छ । गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेको परिवारले जनाएको छ ।

पूर्वप्रधानमन्त्री भएपनि उनलाई सलामी दिइने छैन । निधनअघि उनले सलामी नदिन र सर्वसाधारणको जस्तै गरी अन्त्येष्टि गर्न भनेका कारण परिवारले राजकीय सम्मान अस्विकार गरेको हो । गिरीको ९३ वर्षको उमेरमा मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा निधन भएको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083