टेलिकमको सेवा अवरुद्ध, लाखौं सेवाग्राही प्रभावित

9.85K
shares

काठमाडौं । नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो ।

यसले गर्दा लाखौं सेवाग्राही प्रभावित भएका छन् । टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको हो ।

नेपाल टेलिकमको सेवामा पटक-पटक यस्तो समस्या देखिने गरेको छ । पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा अवरुद्ध हने समस्या बढेको छ । नेतृत्वविहीन रहेको टेलिकममा आउने प्राविधिक समस्या सुलझाउन पनि धेरै समय लाग्ने गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083