नेकपा स्थायी समितिको बैठक आज पनि जारी
वि.सं.२०७५ पुस ४ बुधवार १२:०७
shares

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज पनि जारी छ । पार्टी कार्यालय धुम्बाराहीमा चलिरहेको बैठकमा नेताहरुले अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले पेश गरेको प्रतिबेदनमा आफनो धारणा राखिरहेका छन् । मंगलबारको स्थायी समिति बैठकमा बोल्ने आठ जनामध्ये अधिकांशले झण्डै दुई तिहाइ निकट मत हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका थिए ।
स्थायी समिति सदस्यहरुले विधिसम्मत ढंगले पार्टी नचलेको र सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टी नेतृत्वको चर्र्को आलोचना गरेका हुन् । नेताहरुले पार्टीलाई राजनीतिक, बैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन् ।
बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि असहमति जनाउदै नेता भिम रावलले पनि फरक प्रतिवेदन पेश गरेका छन् । यसअघि अर्का नेता बामदेव गौतमले पुरक प्रतिवेदन पेश गरेका थिए ।






























