‘कुरै नबुझि अर्काले गर्ने काममा औला ठड्याउँदा राम्रो नतिजा आउँदैन’ : महानिरीक्षक खनाल

4.52K
shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीमाथि औंला ठड्याउँदैमा अपराध अनुसन्धानमा राम्रो नतिजा नआउने बताएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा प्रहरीको आलोचन भइरहेका बेला आइजीपी खनालले भने, ‘कुरा नबुझिकन अर्कोले गर्नुपर्ने कामको सन्दर्भमा मात्रै औंला ठड्यायौं भने त्यसले पनि राम्रो नतिजा नदिन सक्छ ।’

ललितपुरमा आयोजित एक कार्यक्रममा सहभागी भएका आईजीपी खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको स्पष्ट समेत पारेका छन् । ‘सबै कुरा म्यानुअल्ली अपरेट गरेर मात्रै हुन्न, ‘ आईजीपी खनालले अघि भने, ‘त्यसमा चाहिने स्टक्चर, त्यसमा चाहिने साधन, स्रोत चाहे त्यो टेक्नोलोजी होस् या भौतिक साधनहरु, त्यो सँगसँगै अगाडि बढाउनु पर्ने आवश्यकता छ । हाम्रो परिपेक्षमा तड्कारो रुपमा आवश्यकता रहेको हामी सबैले अनुभूति गरेका छौं ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083