साउदी अरबले कहाँ बाट ल्याउँछ पानी ?

5.43K
shares

बीबीसी। साउदी अरबमा तेलको चर्चा त बेला बेलामा भइरहन्छ, तर अब पानी धेरै आवश्यक भएको छ। तेलका कारण साउदी धनी भएको छ, तर पानीको प्यास यहाँ लगातार बढिरहेको छ। सेप्टेम्बर २०११ मा एक माइनिङसँग सम्बन्धित एक फार्मका उपप्रमुख मोहम्मद हानीले भनेका थिए–यहाँ सुन छ, तर पानी छैन र सुन जस्तै पानी पनि महंगो छ।

साउदी तेल बेचेर धेरै धर्न आर्जन गरिरहेको छ, तर कमाइको धेरै भाग समुन्द्रको पानीलाई पिउन योग्य बनाउनेमा खर्च भइरहेको छ। यहाँ न नदी छन् न ताल न कुवा। कुवा भएपनि तेलको मात्रै छन् पानीको होइन। २०११ मा साउदीका तत्कालीन पानी तथा विजुली मन्त्रीले भनेका थिए–साउदीमा पानीमा माग प्रत्येक वर्ष सात प्रतिशतले बढिरहेको छ। र आगामी दशकमा पानकिालागि १३३ अर्ब डलर लगानी आवश्यक छ।

साउदी अरबको वाटर कन्वर्जन कार्प (एसडब्ल्यूसीसी)ले प्रत्येक दिन ३०.३६ लाख क्युबिक मिटर समुन्द्रको पानीको नुन छुट्टाएर अलत बनाएर खाने लायक बनाउँछ। यो २००९ को तथ्याकं हो, जुन अहिले बढेको हुन सक्छ। यसको दैनिक खर्च ८०.६ लाख रियल हुन्छ। त्यो बेला एक क्युबिक मिटर पानीबाट नुन अलग गर्न २.५७ रियाल खर्च हुन्थ्यो।

साउदीले २०१५ मा पानीको व्यावसायिक प्रयोगमा कर बढाएको छ। साउदीले पानीको कर यसकारण बढाउँछ कि पानीको प्रयोगलाई कम गर्न सकियोस्। एक अध्ययनका अनुसार साउदी अरबको भूमिगत पानी आगामी ११ वर्षमा पूरै सकिन्छ। साउदीको अरबी पत्रिका अल–वतनका अनुसार साडी देशमा प्रति व्यक्ति पानीको खपत विश्वभरमा सबैभन्दा धेरै छ। साउदीका पानीको प्रत्येक दिन २६५ लिटर छ, जो युरोपेली मुलुक भन्दा दुई गुणा बढी हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083