राप्रपाका उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्दै !

5.66K
shares

काठमाडौं । सत्ताविना बाँच्नै नसक्ने चरित्र भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेका छन् । फोरमका एक नेताका अनुसार उनले उपेन्द्र यादवसँग धेरै पटक छलफल गरिसकेका छन् । राप्रपाबाट केही नेताहरुसहित फोरममा प्रवेश गर्नलागेका उनलाई उपाध्यक्षमै मनोनीत गर्ने गरी सहमति भएको उपेन्द्र यादवले पार्टीको बैठकमै ब्रिफिङ गरिसकेको ती नेताले बताएका छन्।

राप्रपाका कुन कुन नेता फोरममा आउन लागेका हुन् भन्ने कुरा भने ती नेताले खुलाएका छैनन् । ४ बर्षसम्म सत्तारुढ पार्टीको नेताका रुपमा ठेक्कापट्टा र नियुक्तिमा सेटिङ गर्ने र ४ बर्षपछि पनि फोरम पुन : बलियो शक्तिका रुपमा आउने देखेकाले उनी राप्रपा त्याग्न लागेका हुन् । फोरममा प्रवेश गरिसकेपछि ४ बर्षपछि चुनावमा रुपन्देहीबाट जित्न पनि सकिने आंकलन उनले आफ्ना निकटहरुसँग भन्ने गरेका छन् । फोरम प्रवेश गर्न लागेकोबारेमा बोहरासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

टुक्राटुक्रा भएको राप्रपा अब शक्तिमा पुन : आउन सक्ने संभावना नदेखेपछि बोहरा फोरममा प्रवेश गरी सरकारका नियुक्तिदेखि ठेक्कापट्टाहरुमा चलखेल गर्ने दाउमा छन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुँदा नियुक्तिदेखि सरुवाहरुमा करोडौं रुपैयाँ घुस संकलन गरेको आरोप लागेको थियो । उपेन्द्र यादव मन्त्री भएपछि पनि बोहराले भित्रभित्रै स्वास्थ्य मन्त्रालय अन्तर्गतका नियुक्ति र सरुवामा खेल्न सुरु गरेका थिए ।

त्यसो त दीपक बोहरा नेपाली राजनीतिका अति बदनाम पात्र हुन् । उनले २०६७ मा माधव नेपाल सरकारमा वन मन्त्री हुँदा देखि पछिल्लो पटक देउवाको सरकारमा श्रम र स्वास्थ्य मन्त्री हुँदा भ्रष्टाचार गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोप छ । । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेकाले फोरममा प्रवेश गरी जोगिने उपाय खोजेको अर्थमा पनि लिन थालिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083