रिमालले नै भट्टराईलाई मन्त्री बन्नबाट रोकेको खुलासा, के के कुरा लगाए ओलीलाई
वि.सं.२०७५ पुस ५ बिहीवार ११:३६
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराई र प्रधानमन्त्री खडगप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच फेरि युद्ध शुरु भएको छ । प्रमुख राजनीतिक सल्लाहकार रिमालले भट्टराईविरुद्ध ओलीलाई कुरा लगाउने गरेको आरोप छ । त्यसपछि उनीहरूबीच विवाद बढन थालेको हो । रिमाललाई ओलीको सचिवालयबाट हटाउन दवाव बढिरहेका बेला भट्टराई र रिमालबीचको विवाद बाहिर आएको छ ।
तत्कालीन एमालेको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनका बेला रिमाल र भट्टराई सचिव पदमा प्रतिस्पर्धा गरेका थिए । भट्टराईले रिमाललाई सचिवमा नराम्रोसँग पराजित गरेका थिए । पराजित भएको झोँक अहिले पनि रिमालले भट्राईसँग लिने गरेको आरोप छ । स्थायी समिति सदस्य एवम् सांसद भट्टराइले रिमालले आफ्नाविरुद्ध बालुवाटारमा बसेर षड्यन्त्र गर्ने गरेको सार्वजनिक रुपमै आक्षेप लगाएका छन् ।
रिमाल पनि के कम भट्टराईले सरकारविरुद्ध अभिव्यक्ति दिएको भनेर कुरा लगाउने गरेको चर्चा छ ।
रिमालकै कारण भट्टराई सूचना तथा सञ्चार मन्त्री बन्न नसकेको अहिले पनि नेकपा भित्र वहस हुने गरेको छ । रिमाल जनताबाट अनुमोदित नेता होइनन् । रिमाललाई आफ्नै वडामा कुनै पनि पदमा विजयी हुन सक्दैनन् भनेर आरोप लाग्ने गरेको छ । भट्टराईमा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभामा विजयी भएपछि नयाँ उर्जा आएको छ ।
रिमाल भट्टराईलाई कुनै पनि हालतमा राम्रो जिम्मेवारीमा जान दिने पक्षमा छैनन् । पछिल्लो समय रिमाललाई ओलीको सचिवालयबाट हटाउन सकिन्छ कि भनेर भट्टराईले अभियान चलाएको रिमाल समूहको आरोप छ । तर, रिमाल समूहको आरोपको भट्टराईले सधै खण्डन गर्दै आएका छन् ।अखिलको अध्यक्ष हुँदै एमालेको राजनीतिमा प्रवेश गरेका भट्राई रिमाल भन्दा लोकप्रिय नेता मानिन्छन् । रिमाल पनि मजदुर संगठनको अध्यक्ष बनेर एमालेको राजनीतिमा प्रवेश गरेका हुन् ।
































