‘सर्वोच्च प्रवेशमा मलाई कसैले रोक्न सक्दैन’ : दीपकराज जोशी

5.16K
shares

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूलाई सर्वोच्च प्रवेशमा कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

उनले अब आफू नियमित रुपमा कामका लागि सर्वोच्च जाने बताएका छन् । नव नियुक्त प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवराले जोशीलाई सपथ र स्वागतमा सहभागी नगराउनु भन्ने निर्देशनका बीच जोशीले नियमित कामका लागि सर्वोच्च जाने प्रतिक्रिया दिएका हुन् ।

जोशीले भने, ‘म नियमित कामका लागि सर्वोच्च जान्छु । मलाई सर्वोच्च प्रवेशमा कसैले रोक्न सक्दैन, प्रधानन्यायाधीश ले पनि रोक्न मिल्दैन ।’ वरिष्ठतम् न्यायाधीश जोशीलाई मंगलबार साँझ सर्वोच्चकै कर्मचारीले जवराले दिएको निर्देशनबारे जानकारी गराएका थिए ।

जसअनुसार बुधबार बिहान शीतलनिवासमा भएको सपथ ग्रहणमा जोशी सहभागी भएनन् । सर्वोच्च अदालतमा बिहान ११ बजे चोलेन्द्रको स्वागत कार्यक्रम राखिएको थियो । यद्यपि नव नियुक्त प्रधानन्यायाधीश राणाले उक्त स्वागत कार्यक्रममा पनि जोशीलाई ‘प्रवेश नदिन’ कर्मचारीलाई निर्देशन दिएको जनाइएको छ ।

संसदीय सुनुवाई समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेसँगै जोशीको प्रधानन्यायाधीश बन्ने बाटो बन्द भएको थियो । उनी वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा काम गरिरहेका छन् । मंगलबार संसदीय सुनुवाई समितिले जोशीको सम्बन्धमा के गर्नु हुन्छ भनी चोलेन्द्रलाई सोधेको थियो । राणाले ‘मिनी संसदको सम्मान गर्ने’ जवाफ दिएका थिए ।


divya collage
unigloble collage