‘डा. केसीलाई अनशन बस्न केही व्यक्तिले प्रेरित गरिरहेका छन्’ : शिक्षामन्त्री पोखरेल

4.62K
shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले चिकित्सक डा. गोविन्द केसीलाई केही व्यक्तिले अनशन बस्न प्रेरित गरेको बताएका छन्।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको उपसमितिमा बोल्दै मन्त्री पोखरेलले डा. केसीलाई अनावश्यक उचालिएको धारणा राखेका हुन्। उनले भने, ‘डा. केसीलाई अनशन बस्न केही व्यक्तिहरूले प्रेरित गरिरहेको देखिन्छ।’ डा. केसी मंगलबार अनशन बस्नका लाग इलाम पुगेका छन्। उनले १६ औँ अनशन बस्न गएका छन्। चिकित्सा शिक्षाका विषय विभिन्न माग राख्दै डा. केसी पटकपटक अनशन बस्दै आएका छन्। डा. केसी यसअघि अनशन बस्न जुम्ला पुगेका थिए।

मन्त्री पोखरेलले उपसमितिलाई डा. केसीसँग गरेका सहमति अनुसार प्रतिवेदन तयार गर्न पनि आग्रह गरेका छन्। नयाँ मेडिकल कलेज खोल्ने बारेको व्यवस्था डा. केसी र सरकारबीच भएको सहमति अनुसार गरिदिन उपसमितिलाई मन्त्री पोखरेलले माग गरेका हुन्।


divya collage
unigloble collage