रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा, बम्जन पक्राउ
वि.सं.२०७५ पुस २० शुक्रवार १५:३५
7.8K
shares
shares

काठमाडौं । नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं । बम्जन पक्राउ परेको स्रोतको दाबी छ ।
बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।




























