बंगलादेशमा विपक्षी पार्टीलाई भोट दिएको भन्दै सामुहिक बलात्कार, नेतासहित ७ पक्राउ

7.12K
shares

बंगलादेश । सामुहिक बलात्कारको आरोपमा बंगलादेशको अदालतले सत्ताधारी आवामी लिग पार्टीका एक स्थानीय नेतासहित ७ जनालाई हिरासतमा लिने आदेश दिएको छ।

पछिल्लो हप्ता भएको चुनावमा विपक्षी बंग्लादेश नेशनलिष्ट पार्टीलाई भोट दिएका कारण आफूमाथि सामुहिक बलात्कार भएको पीडित महिलाले बताएकी छिन्। चार बच्चाकी आमा समेत रहेकी पीडित महिलामाथि चुनावकै रात हमला भएको थियो। घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत मानिसहरुले आक्रोश व्यक्त गरेका छन्। कयौँ व्यक्तिले घटना विरुद्ध प्रदर्शन समेत गरेका छन्।

अभियुक्तले महिलाको उक्त आरोप अस्वीकार गरेका छन्। बलात्कारको आरोपपछि आवामी लिग पार्टीका ती नेतालाई पार्टीबाट निष्काशन समेत गरिएको छ। गत आइतबार भएको चुनावमा आवामी लिगले एकतर्फी जित हाँसिल गरेको छ। तर चुनावमा डराउने, धम्की दिने हिंसा लगायतका खबर आएका छन्। सत्ताधारी पार्टी र विपक्षी पार्टीबीच झडप समेत भएको थियो। जसमा करिब १७ जनाको मृत्यु भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083