आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
वि.सं.२०७५ पुस २४ मंगलवार १२:२२
6.01K
shares
shares

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले गराएको खुला प्रतिष्पर्धामा आवेदन दिएका १२ जनामध्येबाट पौडेल निगमको कार्यकारी निर्देशक बनेका हुन् । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का अनियमिततामा तानिएपछि सुशील भट्टराई निमित्त कार्यकारी प्रमुख थिए ।
नवनियुक्त कार्यकारी निर्देशक पौडेल यसअघि उदयपुर सिमेन्ट उद्योगमा प्रमुख कार्यकारी अधिकृत थिए । पौडेलले घाटामा गएको उलयपुर सिमेन्ट उद्योगलाई नाफामा लगेका थिए । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका पौडेलले हिजो मात्रै उदयपुर सिमेन्टको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए ।




























