‘रेशम चौधरीलाई अपराधी भन्नेहरु नै अपराधी हुन्’ : अध्यक्ष महतो

6.46K
shares

काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सांसद रेशम चौधरीलाई अपराधी भन्नेहरु नै अपराधी भएको आरोप लगाएका हछन् । महतोले आफूले कहिल्यैपनि संविधानको विरोध नगरेको जिकिर गरेका छन् । यसअघि महतोले यो संविधान कामै नलाग्ने भएको दाबी गर्दै यसलाई संशोधनको माग गरेका थिए ।

आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना तत्काललाई टरेको महतोले जनाए ।आफूहरुले राखेका मागहरुमध्ये सरकारले केही कामहरु गरेर देखाएकोले सरकारप्रति आफूहरुको विश्वास बढेको उनको स्पष्टोक्ति थियो ।

महतोले नेपाल अब संघीयताबाट कुनैपनि हालतमा ब्याक नहुनेपनि दाबी गरे । उनले भने,”जनताले संघर्षबाट प्राप्त गरेको उपलब्धिहरु कहीँ गुम्छ त ?” विगतमा राजा प्रतिगमनतर्फ अघि बढ्दा जनताले आन्दोलन गरेर राजसंस्था नै चट् गरेको उनले सुनाए । उपलब्धि समाप्त पार्न खोज्नेहरु नै समाप्त हुने उनको भनाई छ । तर, उपलब्धि वा प्रणाली भने नगुम्ने महतोले जिकिर गरे ।

पार्टीभित्र कुनै द्धन्द्ध नरहेको पनि उनले जिकिर गरे । महतोले भने,”पार्टीभित्र आन्तरिक द्धन्द्ध थिएन । तर, मिडियामा द्धन्द्ध देखाईयो ।”


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083