प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाए संसद चल्न नदिने कांग्रेसको चेतावनी

5.24K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने भएका छन् । बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्ने भएका हुन् ।

बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनु पर्ने बताउँदै कांग्रेस सांसद भीमसेनदास प्रधानले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उहाँले जवाफ दिने कार्यसूची तय नगरे बैठक अवरुद्ध गर्छौं ।

त्यस्तै कार्यव्यवस्था परामर्श समितिको बैठक बुधवार मध्यान्ह १२ बजे बोलाइएको छ । कांग्रेसको अवरोधका कारण आइतबार स्थगित भएको बैठक दिउँसो १ बजे बस्न लागेको हो । आइतवारको बैठकमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न नपाएपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083