‘डा. केसीको बिरोध गर्नेहरु निर्मला हत्याराका समर्थक हुन्’ : पत्रकार भण्डारी

5.58K
shares

काठमाडौं। बलत्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कारबाही गर्न माग गर्दै सरकारको कटु आलोचना गर्दै आएका पत्रकार खेम भण्डारीले अनसनरत डा. गोविन्द केसीको बिरोध गर्नेहरु निर्मला पन्त बलत्कारी-हत्याराका समर्थक भएको टिप्पणी गरेका छन् ।

सामाजिक अभियान्ता एवम् प्रा. डा. गोविन्द केसीले हिजो देखि इलाममा आफ्नो १६औं अनशन सूरु गरेपछि पत्रकार भण्डारीले यस्तो टिप्पणी गरेका हुन । भण्डारीले निर्मला पन्तको हत्यारा र दसी प्रमाण मेटाउनेहरु माथि पनि थप अनुसन्धान गर्न माग गर्दै आएका छन् । पत्रकार भण्डाीले आफ्नो फेशबुकमा लेखेका छन्,‘यसपटक गोविन्द केसीको अनसनको विरोध गर्नेहरु सबै निर्मलाको बलात्कारी-हत्याराका समर्थक हुन् ।’

यता केसीले पनि गत साउन १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन ढिलाई गरेको भन्दै सरकारको चर्को आलोचना गर्दै आएका छन् । सरकारले आफूसँग गरेको सम्झौता विपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पास भएको भन्दै डाक्टर केसीले १६ औं अनसन सुरू गरेका हुन्। समितिबाट बुधबार बिहान पास भएको विधेयकमा सरकारले डा. केसीसँग गरेका मुख्य तीन सम्झौता तोडिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083