डा. केसीको अनसनमा गगन थापाको समर्थन

5.77K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले इलामबाट १६ औँ चरणको अनसन शुरु गरेका डा.गोविन्द केसीलाई आफुले पूर्ण समर्थन गर्ने बताएका छन् । सरकारले डा.केसीसँग गरेका सहमति कार्यान्वयन नगरेकाले डा.केसीको अनसनमा साथ दिने थापाले बताएका हुन् ।

बिहीवार पत्रकारसँग कुरा गर्दै प्रतिनिधिसभाका सांसद समेत रहेका थापाले डा.केसीसँग भएका सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएकाले आफूहरुले फरक मत राखेको बताए ।

त्यस्तै संसदको समितिबाट चिकित्सा विधेयक पारि भएपनि संसदबाट पारित हुन बाँकी रहेकाले प्रधानमन्त्रीले चाहे केसीका माग सम्वोधन गरेर विधेयक पारित गर्न सकिने थापाको भनाइ छ । १५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र डा.केसीबीच भएको सम्झौता विपरित चिकित्सा शिक्षा पारित भएकाले डा.केसीले बुधवार इलामबाट १६ औँ अनसन शुरु गरेका थिए ।

यसैगरी चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि थापाले सरकारले डा.गोविन्द केसीलाई धोका दिएको बताएका थिए । उनले सरकारसँग प्रश्न गर्दै भनेका थिए, ‘यदि चिकित्सा शिक्षा विधेयक यसरी नै अगाडि बढाउनु थियो भने, डा.गोविन्द केसीसँग सहमति किन गरेको ?’बुधवार बसेको संसदको शिक्षा तथा स्वास्थय समितिको बैठकले विवादकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित गरेको थियो ।

विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिएकी थिइन् । विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083