मन्त्रीहरुले जिल्ला भ्रमणमा सके अढाई करोड, सबैभन्दा बढी बुझ्ने लालबाबु

5.88K
shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झकझक्याइरहेका छन्। तर, १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिँदैन।

१० महिनाको अवधिमा मन्त्रीहरुले जिल्ला भ्रमणमा अढाई करोड रुपैयाँ खर्च गरेका छन्। यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषदलाई उछिनेका छन्  सबैभन्दा धेरै भ्रमणभत्ता बुझ्ने मन्त्रीमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन्। उनले १३ लाख ४३ हजार ९६० रुपैयाँ भ्रमण भत्ता बुझेका छन्।

त्यस्तै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले १२ लाख ९७ हजार ७२०, शिक्षामन्त्री गिरीराजमणि पोखरेलले १० लाख ३३ हजार ४७०, खेलकुदमन्त्री जगबहादुर विश्वकर्माले ९ लाख ५५ हजार ५३०, यातायात मन्त्री रघुवीर महासेठले ९ लाख १८ हजार ४३९ रुपैयाँ बुझेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083